कञ्चनपुर: प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनक सिंह धामी निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत दामोदर घिमिरेले सार्वजनिक गर्नुभएको अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धामीले २४ हजार ३३२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बीना मगरले ११ हजार ११० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार गोपी प्रसाद उपाध्यायले ८ हजार ४६७ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का उम्मेदवार तारा लामा तामाङले ८ हजार ८८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिल्ली बहादुर शाहीले १ हजार ५६०, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कृष्ण बहादुर चौधरीले ९६७, उज्यालो नेपाल पार्टीका उम्मेदवार माइकल तामाङले ७५९ र स्वतन्त्र उम्मेदवार रुपा देवी बिष्टले ६०८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका उम्मेदवार राजा राम डगौरा चौधरीले ३९७, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार पुरन राना थारुले २४८, स्वतन्त्र उम्मेदवार यादव सिंहले १६८, आम जनता पार्टीका उम्मेदवार सिता वि.क.ले ८७ र स्वतन्त्र उम्मेदवार अनिल रानाले ७६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार हुम बहादुर गुरुङले ४६, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार देपेन्द्र बहादुर शाहीले ३६, संयुक्त नागरिक पार्टीका उम्मेदवार दानियल वि.क.ले ३६, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कटक बहादुर शाहीले ३४, स्वतन्त्र उम्मेदवार मन्जु देवी सुनारले २० र मितेरी पार्टी नेपालका उम्मेदवार सिया राम रानाले १२ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल १ लाख १ हजार ७२४ मतदाता रहेका थिए । जसमध्ये ६१ हजार ७४ मत खसेको थियो ।






