पुर्वमन्त्री साउदलाई हराउँदै कञ्चनपुर २बाट उदाए दिपक बोहरा


कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र २मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेदवार दीपकराज बोहरा निर्वाचित भएका छन । रास्वपाका बोहराले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार एनपी साउदलाई भारी मतको अन्तरले हराउँदै प्रतिनिधी सभा सदस्य(सासद)मा निर्वाचित भएका हुन । पहिलो पटक चुनावी मैदान टेकेका रास्वपा युवा नेता बोहराले सातौँ पटक चुनाव लडेका र तेस्रो पटक सासद जितेर मन्त्रीसमेत भएका एनपी साउदलाई २३ हजार, १२५मतको अन्तरले हराउँदै पहिलो प्रयासमै सासद बन्न सफल भएका छन ।

बोहराले ३३ हजार, ९५२, साउदले १० हजार ८२८मत ल्याएका थिए । एमालेका बचन बहादुर सिहले ६ हजार, ४१८, नेकपामा माधव प्रशाद पन्तले ६ हजार ३३७, राप्रपाका तिर्थराज चटौतले १हजार ९९३, जनमतका रामचन्द्र भट्टले १२५, नेमकिपामा सिताराम रानलो ७२, जनमोर्चाका राम बहादुर सार्कीले १४५, संयुक्त नागरिक पाटीका खडक ताम्राकारले ३२, मितेर पाटीका तेज बहादुर बडवालले १८, नेकपा विप्लव माओवादीका लोकेन्द्र विकले १४३, उज्यालोका योगेश साउदले ९३, नागरिक उन्मुक्ति पाटीका प्रेमबती रानाले ५६०, आम जनता पाटीका जग्गु चौधरीले ३७, स्वतन्त्र बिरेन्द्र राना ८१, भानुभक्त बोहरा ३६, सिद्धराज जोशी १९ र हरिस बहादुर भट्टले ४४ मत ल्याएका छन । उज्यालो नेपाल पाटीका उम्मेदवार योगेश साउदले रास्वपाकै उम्मेदवार बोहरालाई अन्तिममा आएर सर्मथन जनाएका थिए । १लाख, ९हजार ५७४कुल मतदाता मध्ये ६५ हजार, ३४७मत खसेका थिए । भने ६१ हजार १सय १७ सदर र ४ हजार, २३०मत बदर भएका थिए । क्षेत्र २का निर्वाचन अधिकृत प्रकास भण्डारीले निर्वाचित उम्मेदवारलाई प्रमाण पत्र वितरण गरिएको बताए ।


ताजा समाचार

spot_img