कञ्चनपुर: प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । हालसम्म ११,३०६ मत गणना भइसकेको छ, जसमा १०,३४६ सदर मत र ९६० बदर मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदर मतको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिंह महताले ४,७३१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका हरि प्रसाद बोहराले २,०३६ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का दीपक प्रकाश भट्टले २,००९ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका मान बहादुर सुनारले ९५७ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्ण वहादुर चन्दले ३९१ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका भिम बहादुर कुमालले ६७ मत, श्रम संस्कृति पार्टीका गंगा दत्त जोशीले ६३ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्णु प्रकाश उपाध्यायले २८ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीकी मीनु गिरीले २० मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाका लाल बहादुर कुँवरले ११ मत, आम जनता पार्टी (एकल चुनाव चिन्ह) की लक्ष्मी कुमारी विष्ट भट्टले ९ मत, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कर्ण बहादुर चन्दले ८ मत, स्वतन्त्र उम्मेदवार हर्क बहादुर ऐरले ५ मत, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का लोक राज भट्टले ४ मत, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले ४ मत, स्वतन्त्र उम्मेदवार वीर सिंह क्षेत्रीले ३ मत र मितेरी पार्टी नेपालकी किरन थापाले ० मत प्राप्त गरेकी छिन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कञ्चनपुर क्षेत्र नम्बर ३ मा कुल १,१३,०८७ मतदाता रहेका थिए भने यस निर्वाचनमा ५८,३६१ मत खसेको थियो । यस क्षेत्रमा १७ जना उम्मेदवारले प्रतिनिधि सभा सदस्य पदको लागि प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्मको मतगणना अनुसार रास्वपाका ज्ञानेन्द्र सिंह महताको अग्रता कायम रहेको छ ।






