रास्वपाबा बोहरलाई कृष्णपुर फलिफाप, १२ हजार पाए मत


कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का उम्मेवार दिपकराज बोहरालाई कृष्णपुरमा मात्रै १२ हजार हराहारी मत पाईएको छ । पछिल्लो मत गणना अनुरुप कृष्णपुरका सबै वडाहरुमा मतगणना सम्पन्न भएको छ । २२ हजार ६१४खसेका मत मध्ये २१ हजार २६६मत सदर भएका थिए, भने १हजार ३४८मत बदर भएका छन । खसेका कुल मत मध्ये झण्डै आधा मत रास्वपाका बोहराले नै पाएका छन ।

बोहरालाई काँग्रेसका उम्मेदवार एव पुर्वमन्त्री एनपी साउद पछ्याईरहेका छन । साउदले ३हजार ४४७, एमालेका बचन सिहले २ हजार ५५१, नेकपाका माधव पन्तले २हजार २४३मत ल्याएका छन । राप्रपाका तिर्थराज चटौतले ५४८मत ल्याएका छन । साढे २२ हजार मतमा सबैभन्दा कम मितेरी पाटीका तेज बहादुर बडालले ३मत मात्रै पाएका छन ।

Wपहिलो पटक चुनावी मैदान टेकेका रास्वपाका युवा नेता बोहराले पुर्वमन्त्री समेत रहेका तीन पटक सासद जितेका साउदलाई निकै फराकिलो मन्तरले मतान्तर बढाईरहेका छन । अब शुक्लाफाँटा र बेदकोट नगरपालिका २१वडाका मत गन्न बाँकी छ ।


ताजा समाचार

spot_img