कञ्चनपुर: प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेको छ । हालसम्म ८ हजार ३८६ मत गणना भएको छ । जसमध्ये ७ हजार ५८७ सदर मत रहेको छ भने ७९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदर मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महता ३ हजार ४२५ मतसहित अग्रस्थानमा रहेका छन् ।
त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले १ हजार ४९५ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दीपक प्रकाश भट्टले १ हजार ४३३ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मान बहादुर सुनारले ७८६ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारहरूको मत परिणाम यस प्रकार रहेको छ :
पुर्ण बहादुर चन्द (राष्ट्रिय प्रजातन्त्र पार्टी) – २७७
भिम बहादुर कुमाल (उज्यालो नेपाल पार्टी) – ५७
गंगा दत्त जोशी (श्रम संस्कृति पार्टी) – ४९
विष्णु प्रकाश उपाध्याय (नेपाल कम्युनिस्ट पार्टी – माओवादी) – १९
मीनु गिरी (नेपाल मजदुर किसान पार्टी) – १७
लाल बहादुर कुँवर (राष्ट्रिय जनमोर्चा) – ७
कर्ण बहादुर चन्द (नेपाल कम्युनिष्ट पार्टी – संयुक्त) – ६
लक्ष्मी कुमारी विष्ट भट्ट (आम जनता पार्टी) – ५
लोक राज भट्ट (राष्ट्रिय मुक्ति पार्टी नेपाल) – ३
थानेश्वर लेखक (स्वतन्त्र) – ३
हर्क बहादुर ऐर (स्वतन्त्र) – ३
वीर सिंह क्षेत्री (स्वतन्त्र) – २

मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ लाख ३ हजार ८७ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५८ हजार ३६१ मत खसेको थियो । यस क्षेत्रमा १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।






