मतगणना अपडेट: कालिकोटका चार पालिकाको गणना सम्पन्न, तारालाई अग्रता


कञ्चनपुर: कालिकोट जिल्लाको पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, नरहरिनाथ गाउँपालिका र तिलागुफा नगरपालिकाको मतगणना सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणनाको पछिल्लो परिणाम अनुसार तारा चुनाव चिन्ह अग्रस्थानमा रहेको छ।
पछिल्लो मतपरिणाम अनुसार:

तारा – ५,७०१ मत
सूर्य – ४,२५७ मत
रुख – ४,०७७ मत
गुलाफ – २,४७६ मत
घण्टी – १,०४० मत
मादल – ३०४ मत
हलो – २६६ मत
गिलास – ४९ मत
ट्रफी – ३१ मत
कैँची – ३ मत

चारवटै पालिकाको मतगणना सकिएसँगै जिल्लाको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। अन्य स्थानहरूको मतगणना क्रमशः जारी रहेको छ।


ताजा समाचार

spot_img