रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी

काठमाडौं १ मा प्रत्यक्षतर्फको मतगणना सकियो, अब समानुपातिक तर्फको मतगणना हुने


काठमाडाैं: काठमाडौं १ मा प्रत्यक्षतर्फको मतगणना सकिएको छ । अब केहीबेरमा समानुपातिकतर्फको मतगणना सुरु हुनेछ ।
प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार रञ्जु दर्शना विजयी भएकी छिन्। उनी १५ हजार ४५५ मतसहित विजयी भएकी हुन्। यहाँ एमाले उम्मेदवारले एक हजार ६१८, कांग्रेस उम्मेदवार प्रबल थापाले ६ हजार ३६४, राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत ल्याए ।

यहाँ २९ हजार ७७४ मत खसेको थियो । कुल सदर मत २९ हजार ८२ र बदर मत ६९२ रहेको छ ।


ताजा समाचार

spot_img