उम्मेदवार डा. भट्टलाई बिजय बनाउन दोधारा चाँदनी– ९ मा एमालेको घरदैलो

दोधारा । आफ्नो उम्मेदवार डा. दिपक प्रकाश भट्टलाई बिजय बनाउन दोधारा चाँदनी नगरपालिका वडा नंं ९ मा घरदैलो अभियान सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ मा नेकपा एमालेका तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार डा. दिपक प्रकाश भट्टलाई बिजय बनाउन घरदैलो अभियान सुरु गरिएको नेकपा एमाले दोधारा चाँदनीका नेता गोपीलाल कडेंलले जानकारी दिनुभएको छ् ।

वडाका सबै टोल बस्तीमा पुगेर सुर्यध्वजा बाहक उम्मेदवार डा. दिपक प्रकाश भट्टलाई अत्यधिक बहुमतले बिजय बनाउन मतदाता आतुर रहेको उहाँले बताउनुभएको छ् । यस पटक फेरी बहुमतले उम्मेदवार डा. दिपक प्रकाश भट्टलाई बिजय बनाउन जनताले भन्दै गरेको अवस्थामा घरदैलो अभियानलाई अघि बढाईएको नेता गोपीलाल कडेंलले बताउनुभयो ।

स्थानियबासीहरुले स्फुर्तरुपमा घरदैलो अभियानमा हिडेका नेकपा एमालेका नेता तथा कार्यकर्तालाई स्वागत गरेको बताईएको छ् ।

ताजा समाचार

spot_img