महेन्द्रनगर: कञ्चनपुर जिल्लाको यू-१४ छात्रा फुटबल खेलाडीलाई सम्मानित गरेको छ।

फागुन ०७ गते पुनर्वास नगरपालिले सुदूरपश्चिम प्रदेश विद्यालय स्तरीय यू-१४ छात्रा च्याम्पियन कञ्चनपुर फुटबल टिम र प्रशिक्षकलाई एक कार्यक्रमका साथ सम्मान गरेको हो।

कञ्चनपुर छात्रा टिमले एन्फा यू-१४ प्रदेश लिग- २०८२ जित्न जीवन ज्योती मा.वि. पुनर्वासले कैलाली जिल्ला छात्रा टिमलाई हराउदै प्रदेश च्याम्पियन बनेको थियो।

खेलाडीहरुको मनोबल उच्च राख्नका लागि पुनर्वास नगरपालिकाले विजेता खेलाडीहरु लाई सम्मानका साथै राष्ट्रिय लिगको सफलताको लागि शुभकामना समेत दिएको छ।
सुदूरपश्चिम प्रदेश स्तरीय यू-१४ फुटबल प्रतियोगितामा कैलाली जिल्ला छात्र र कञ्चनपुर जिल्ला छात्रा टिम प्रदेश च्याम्पियन हुँदै प्रदेशको नेतृत्व गर्दै राष्ट्रियमा सहभागिता जनाउने छन्।






