कञ्चनपुरका पत्रकार सुजित रमेश सिनाल सम्मानित

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार सुजित रमेश सिनाल सम्मानित भएका छन् । भीमदत्त नगरपालिका ३ मा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले आफनो ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार सिनाललाई सम्मान गरेको हो ।

विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले पत्रकार सिनालले यो क्षेत्रमा रहेका आवाज विहीनको आवाज बनेर संचार माध्यमबाट उहाँहरुको हक हधिकार र पिडामा कलम चलाए वाफत आज सम्मान गरएिको बताउनु भयो । शुक्लाफाँटा रेडियोमा समाचार प्रमुख, शुक्लाफाँटाखबर डट कममा सम्पादक, शुक्लाफाँटा क्षेत्रिय दैनिक पत्रिकामा कार्यकारी सम्पादकको रुपमा कार्यरत पत्रकार सिनाललाई नगदसहित प्रमाण पत्र, दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय सिनाल समसामयिक विषयमा मुद्दा उठान गर्दै आई रहनु भएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य समेत रहेका उहाँले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको र जिम्मेवारी पनि थप भएको बताउनु भएको छ ।

ताजा समाचार

spot_img