कञ्चनपुर : गणित विषयमा विद्यार्थीको रुची बढाउन र उनीहरुको शैक्षिक स्तरमा वृद्धि विकास गर्न उद्देश्यले जिल्ला स्तरीय गणित क्विज २०८२ को आयोजना गरिएको छ । जसमा लिटिल बुद्ध एकेडमी ‘ए’ प्रथम स्थान हासिल गर्न सफल भएको छ भने दोस्रो स्थान पनि लिटिल बुद्ध एकेडमी (बी), तितृय स्थानमा मर्निङ्ग ग्लोरी र महेन्द्रनगर मावि साधारणले सन्तना पुरुस्कार हात पार्न सफल भएका छ । पुरुस्कार राशि क्रमस : रु. २५००, २०००, १५००, र १०००का साथै प्रमाण पत्र प्रदान गरिएको छ ।

लिटल बुद्ध एकेडमीको प्रायोजनमा गणित शिक्षा परिषद (एमइसी) जिल्ला कार्य समितिको अयोजनामा गरिएको थियो । उक्त कार्यक्रमलाई सफल पार्न प्रभात विद्या निकेतनले स्टेशनरी सहयोग गरेको थियो । कञ्चनपुर जिल्ला स्थिीत विभिन्न विद्यालयका ३७ टिमका ७३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । पहिलो चरणमा ५० प्रश्नोतरको लिखित जवाफ बाट चयन भएका आठ टिमले दोस्रो चरणमा सहभागीता गरेको थिए । दोस्रो चरणमा प्रवेश गरेका आठ टिम बाट पहिलो, दोस्रो, तेस्रो र चौथो हुने टिमले प्रदेश स्तरीय गणित क्विजमा सहभागी हुन पाउने छन् ।

कार्यक्रमका सभापति तथा गणित शिक्षा परिषद् जिल्ला संयोजक परमानन्द नाथले ‘गणितलाई जीवनसँग जोडेर व्यावहारिक बनाउँदै सिकाइ उपलब्धि बढाउन यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताउनुभयो।’

जिल्ला गणित शिक्षा परिषदको आयोजनामा भएको कार्यक्रममा संयोजक तथा गणित विषयका शिक्षक परमानन्द नाथको सभापतित्वमा प्रमुख अतिथी गणित शिक्षा परिषद (एमईसी)का प्रदेश संयोजक तथा सुदूरपश्चिम विश्वविद्यालयका उप–प्रध्यापक हर्ष बहादुर चन्द रहनु भएको थियो भने विशिष्ट अतिथीमा भीमदत्त नगरपालिका शिक्षा प्रमुख हरिदत्त जोशी, लिटिल बुद्ध एकेडमीका प्रचार्य श्यामसिह मौनी लगायत विभिन्न विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुको सहभागीता रहेको थियो भने कार्यक्रम सञ्चालन महेश्वर मा.वि. शिक्षक लक्ष्मीदत्त भट्टले गर्नु भएको थियो ।






