कञ्चनपुर : कञ्चनपुर सहित सुदूरपश्चिम देशव्यापी परिचित महेन्द्रनगरको रेडियन्ट माध्यामिक विद्यालयले रजतजयन्ती मनाउन लागेको छ । भीमदत्त नगरपालिका १८ कटान महेन्द्रनगरको रेडियन्ट माध्यामिक विद्यालयले रजत जयन्ती मनाउन लागेको हो । विद्यालयले २५औँ बर्ष प्रवेस गरेको अवसरमा रजत जयन्ती दिवस मनाउन लागेको जनाएको छ । शुक्रबार निम्बुखेडा विद्यालयमा विभित कार्यक्रमका साथ रजत जयन्ती मनाउन लागेको छ ।

कार्यक्रममा पुर्व विद्यार्थी, शिक्षक सहितको स्वागत सम्मान सहितका विभिन्न शैक्षिक बृद्धि विकासका विषयमा कार्यक्रम गरिनेछन । रेडियन्ट माविमा प्रिन्सिपल त्रिभुवन कुमार भट्टले ०५७सालमा स्थापना भएको विद्यालयले यस बर्ष ०८२मा रजत जयन्ती मनाउन लागेको बताए । प्रिन्सिपल भट्टले १६माघ ०८२सम्म आईपुग्दा थुप्रै चिकित्सक, ईन्जिनियर, बैंकर, प्रशासनिक सहितका विभिन्न व्यवसायिक क्षेत्रका लागि जनशक्ति उत्पादन गरेको बताए । चालु शैक्षिक सत्र ०८२मा मात्रै पनि ४छात्रा, ९छात्रा गरेर १३ विद्यार्थीले एमबिबिएस अध्ययनका लागि छात्रबृतिमा नाम निकालेको बताए ।

स्थापनादेखि हालसम्म २हजार २सय २०ईन्जिनियर उत्पादन भएका छन । ‘विद्यालयबाट विभिन्न क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति रेडियन्ट माविका स्थानीय, राष्ट्रिय एव अन्र्तराष्ट्रिय बजारमा कार्यरत छन, ‘प्रिन्सिपल भट्टले भने, ‘रेडियन्टको हामीले शैक्षिक गुणस्तर चीरकालसम्म कायमै राख्छौँ ।’ विद्यालयले शैक्षिक गुणस्तर बाफत पटक पटक राष्ट्रिय अन्र्तराष्ट्रिय पुरस्कार समेत प्रदान गरिसकेको छ । चालु शैक्षिक सत्र नर्सरीदेखि १२सम्म १७सय विद्यार्थी अध्ययनरत छन ।







