कञ्चनपुर : नेकपा एमालेका नेता डा. दीपक प्रकास भट्ट दोस्रो पटक सासदको यात्रामा फेरी चुनावी मैदानमा होमिएका छन । २१ फागुन ०८२ मा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि पुर्व सांसद डा. भट्ट ०७४ कञ्चनपुर क्षेत्र ३बाट चुनावी मैदानमा होमिएका हुन । उम्मेदवार सिफारिसमा पनि एकल सिफारिस भएका भट्ट परिमाण आफ्नो पोल्टामा पार्ने हिसाबले दौडिएका छन । परिर्वतनका लागि विद्यार्थीदेखि पाटीगत राजनीतिमा होमिएका सुरक्षाविद डा. भट्ट राष्ट्रियताका लागि कञ्चनपुरको कुतियाबरदेखि दार्चुलाको कालापानीसम्म मार्चपासमा उत्रिएका थिए । गत मंसिर–पुष ०८२मा सम्पन्न भएको एमाले ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पराजित भएका भट्ट पानीमा अनुमोदित नभएपनि जनतामा अनुमोदित हुने विश्वासका साथ चुनावी मैदानमा होमिएका छन । ०७४मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा तत्तकालिन नेकपा माओवादी केन्द्रसग कार्यगत एकता भएका बेला भट्ट झिनो मतले काँग्रेसका उम्मेदवार रमेश लेखकसंग निर्वाचित भएका थिए ।

८७ हजार १२२ कुल मतदाता भएका बेला भट्टले काँग्रेसका लेखकसंग २५८ले जितेका थिए । उतिबेला भट्टले २६ हजार३६४मत ल्याएका थिए । अहिले त्यही विश्वास बोकेर चुनावी मैदानमा होमिएका हुन । डा. भट्टले पहिलो कार्यकालमा अधुरा रहेका योजना अघि बढाउने सकल्पका साथ अघि बढ्ने प्रतिज्ञा गरेका छन । भट्टले क्षेत्र ३मा रहेका विकास निर्माणका एजेण्डा अघि सारेर अघि बढाउने बताएका छन । उनले यस क्षेत्रको वाढी,कटानी नियन्त्रणदेखिका समग्र सबै क्षेत्रको बृद्धि विकास गर्ने बताए । दोधाराचाँदनी सुख्खा बन्दरगाह, महाकाली कोरिडोर, मझगाँउ विमानस्थल, महाकाली प्रादेशिक अस्पताल सुुधार, सुदूरपश्चिम विश्वविद्यालयमा थप स्तर बृद्धि नयँ कार्यक्रम संचालन, लगायतका थुप्रै विकासका एजेण्डा बोकेर अघि बढ्ने बताए । ‘पहिलो पटक जितेपछि थुप्रै योजना अघि बढाईयो, अहिले फेरी पनि हामीले उक्त योजनामा निरन्तर फलोअप गरेका थियौँ, ‘उनले भने, ‘अझै जितेपछि थप विकासका योजना अघि बनाउँछु ।’

एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले डा. भट्ट जिताउनका लागि पाटी उपसचिव राजिव खडकाको संयोजकत्वमा ५०१मुल सदस्यीय र दोधाराचाँदनीमा गगन खत्री र भीमदत्त नगरमा विष्णू कडेललाई जिम्मेबारी दिएको बताए । एमाले जिल्ला इन्चार्ज तथा प्रतिनिधी सभा सदस्य समानुपातिक उम्मेदवार निरुदेवी पालले आफ्नो चाहना नहुँदानहुँदैपनि पाटीले आफुलाई समानुपातिक उम्मेदवार बनाएको बताईन । ‘हाम्रो पाटीले वर्तमान सरकारलाई अवैध ठहर गरेको थियो, हामी चुनावको विपक्षमा थियौँ, तर पनि जिम्मेबार पाटी चुनावबाट भाग्नु हुँदैन भन्ने थियो, परिस्थितिले म र दिपक जीलाई समानुपातिक र प्रत्यक्ष टिकट दियो, ‘उनले भनिन, ‘अब फेरी हामी दाजुबहिनी संगै सांसद बन्छौँ ।’ क्षेत्र १ र २मा टिकट वितरणमा गडबडी भएको स्वीकार्दै अब ढुक्क भएर जिल्लाका तीनै निर्वाचन क्षेत्र जिताउन नेता कार्यकर्ता खटिने विश्वास व्यक्त गरिन । एमाले नेतृ पालले यस पटक कुनैपनि दलसंग गठबन्धन नहुँदा एमालेलाई सहज भएको दावि गरेकी छिन ।







