कञ्चनपुर : कञ्चनपुरका समाजसेवी एव राजनीतिक नेता नन्दलाल चटौत, महिला समाजसेवी हिरा चटौतकी सुपुत्री छोरी पिङकी चटौतले अनाथ बालबालिकादेखि विपन्न समुदायका विद्यार्थीलाई सहयोग गरेकी छिन । अमेरिकामा रहेकी चटौत दाम्पत्तीकी छोरी पिङकीले महेन्द्रनगर स्थित समाजकल्याण बाल अनाथालयमा आश्रित बालबालिका र अमर सहिद आधारभूत विद्यालय जानकी टोलका विपन्न विद्यार्थीलाई पनि फलफुल खाजा वितरण गरेका हुन ।

खाजा फलफुलका साथै उनीहरुलाई गर्मी चम्पल वितरण गरिएको जनाएको छ । पिङकी चटौतलका बाबु नन्दलाल चटौतले छोरीले समाजिक सेवा गर्ने उदेश्यका साथ अनाथालयका बालबालिका र अमरसहिद विद्यालयका विद्यार्थीलाई सहयोग गरेको बताए । गत भदौँमा पनि पिङकी चटौतले अनाथालयमा सहयोग गरेकी थिईन । अमेरिकामा रहेर पनि मातृभूमिका विद्यार्थी अनाथ बालबालिकाप्रति सद्भाव सहयोग गरेको भन्दै आभार प्रकट गरिएको छ ।







