एन्फा साधारणसभा तथा निर्वाचनका लागि सुदूरपश्चिमबाट प्रतिनिधि चयन

माघ २८ गते झापामा हुने नियमित साधारणसभा तथा चुनावी अधिवेशनमा सुदूरपश्चिमको सशक्त सहभागिता

कञ्चनपुर: अखिल नेपाल फुटबल संघ (एन्फा) को माघ २८ गते झापा जिल्लामा हुने नियमित साधारणसभा तथा चुनावी अधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिहरू चयन भएका छन्।

प्रदेश स्तरबाट दिनेश श्रेष्ठ अध्यक्ष र काशीराम बोहरा महासचिवका रूपमा प्रतिनिधि चयन भएका हुन्। यस्तै, जिल्लास्तरबाट कञ्चनपुर र कैलाली जिल्लाले पनि प्रतिनिधि चयन गरिसके छ।

कञ्चनपुर जिल्लाबाट गणेश बहादुर चन्द अध्यक्ष र नितेष रावल महासचिव चयन भएका छन्। यसैगरी कैलाली जिल्लाबाट राज बहादुर थापा उपाध्यक्ष तथा हर्क बहादुर दानपाली सदस्य प्रतिनिधि चयन भएका छन्।

चयन भएका प्रतिनिधिहरूले एन्फाको आगामी नेतृत्व चयन प्रक्रियामा सुदूरपश्चिम प्रदेशको तर्फबाट सहभागिता जनाउनेछन्। उनीहरूले प्रदेशमा फुटबल विकास, खेलाडी उत्पादन, पूर्वाधार विस्तार र संस्थागत सुशासनका विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।

झापामा हुने एन्फाको यो साधारणसभा तथा निर्वाचनलाई नेपाली फुटबलको भविष्य निर्धारण गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।

ताजा समाचार

spot_img