कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा माघी पर्वको अवसरमा ‘३औं लिटिल ग्रीन पार्क माघी महोत्सव २०८२’ आयोजना हुने भएको छ।

युवा व्यवसायी ललित गिरीद्वारा सञ्चालनमा ल्याइएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण लिटिल ग्रीन पार्कमा यहीँ पौष ३० गते महोत्सव आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।

महोत्सवमा चर्चित गायक टंक तिमिल्सिनाको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै अभिनेता उमेश कुँवर, हास्य कलाकार नरेश थापा मगर, गायक सुमित सुनार, डान्सर आरके ताम्राकार, निशा पोखरेल, युनिक बम ठकुरी, सन्ध्या नाथलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।

स्थानीय कला, संस्कृति र मनोरञ्जनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवको प्रवेश शुल्क रु. १०० तोकिएको छ। आयोजकले महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन सबैलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।
माघी पर्वको सांस्कृतिक महत्व झल्काउने यस महोत्सवले बेल्डाँडी क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।






