रेडक्रसद्धारा पुर्व अध्यक्ष शर्माको निधनमा शोक मनाइयो

कञ्चनपुर,
नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्यालय र जिल्ला शाखा कञ्चनपुरको संयुक्त रुपमा नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पुर्व अध्यक्ष रमेश कुमार शर्माको निधनमा एक दिने शोक सभा मनाएको छ । सभामा एक मिनेट मौनधारण गरिएको छ । सभामा उहाँले संस्थाको विकासमा पु¥याएको योगदान अतुलनिय रहेको बताइएको भन्दै स्मण गरिएको छ ।
सभामा संस्थाका स्वयंसेवक तथा रेडक्रसकर्मि कर्मचारीहरुको सहभागिता रहेको थियो । सभामा कञ्चनपुर जिल्ला सभापति टेकराज उप्रेती र प्रदेश अध्यक्ष केशवदत्त पन्त ज्यूले स्वर्गीय शर्मा ज्यूले संस्थाको विकासमा काम गर्दा गरेका गतिविधि र उहाँको व्यक्तित्वको बारेमा स्मरण गराउनु भएको थियो । ‘उहाँको देहावसानले समग्र सुदूरपश्चिम प्रदेश अन्र्तगतका रेडक्रसकर्मिहरु स्तब्ध भएका छौँ ।
उहाँको आत्माको चीर शान्तिको कामना गर्दाै उहाँको परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुँन भन्दै हार्दिक समवेदना प्रकट गर्दछौँ ।’ रेडक्रस सोसाइटीको शोक वक्तव्यमा भनिएको छ । शर्माको निधन गत २ गते भएको थियो ।

ताजा समाचार