प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेला सम्पन्न

कञ्चनपुर: प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेला सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका सदस्य हिरा चन्द रहेका थिए भने, प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव प्रसाद भट्टकको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा प्याब्सन सुप प्रदेश अध्यक्ष सिवि चन्द, निर्माण अध्यक्ष पुष्पराज अवस्थी, सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोज राज भट्ट, प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दिपक चालिसे र केन्द्रीय सदस्य अम्मराज भट्ट विशिष्ठ अतिथि रहेका थिए ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव भट्टले यो भेलाले आगामी रणनिति कार्य योजना तयार गरेको ति सबै कार्य योजनालाई प्याबसन कञ्चनपुरले ईमान्दारितको साथमा पुरा गर्ने, शैक्षिक क्षेत्रमा भएका कमीकमजोरीहरुलाई सच्चाएर लैजाने सुधार्ने गर्ने योजना रहेको बताए । साथै बजार नजिक जग्गा खरिद गर्ने, संगठन विस्तार गर्ने लगायतका नीति अनुमोदन गरिने छन् । अध्यक्ष भट्टले प्याब्सन लाई सहयोग गर्ने सबै विद्यालयलाई सम्मान र सम्मानित हुने विद्यार्थीहरूलाई बधाई ज्ञापन गरे । उनले प्राइवेट एजुकेसन लागि भव्य र सब्य बनाउँदै शिक्षाको गुणस्तर वृद्धि गर्ने बताए । प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका सदस्य हिरा चन्दले शिक्षाको गुणस्तर वृद्धि गर्न र निजी विद्यालयको लागि आफ्नो र सरकारको तर्फबाट गर्नुपर्ने सहयोका लागि वचन बढ्द रहेको बताए ।

कार्यक्रममा ९ ओटै पालिकाका उत्कृष्ट जिपीए ल्याउने मध्येबाट एकएक जना गरी १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो । उनीहरूलाई प्रतिविद्यार्थी ५ हजार नगद, प्रमाण पत्र, दोसल्ला सहित सम्मान गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार हस्तान्तरण गरिएको थियो । बेलौरी नगरपालिकाबाट २ जनाले समान जिपीए ल्याएका थिए । त्यसै गरी सम्पूर्ण सदस्य विद्यालयहरुलाई पनि सम्मान गरिएको थियो । १०५ सदस्य रहेका छन् । एन प्याब्सन त्याग्दै मर्निङ ग्लोरि र कृष्णपुरको एबी इंग्लिश बोर्डिङ स्कुलले प्याब्सनको सदस्यता लिएका छन् । नयाँ सदस्यता लिएका स्कुललाई औपचारिक रुपमा सदस्य हस्तान्तरण गरिएको थियो । जिल्ला सचिव अक्कल बहादुर रोकायले सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्तव्य वरिष्ठ उपाध्यक्ष राकेश बहादुर चन्दले राखेका थिए ।

ताजा समाचार

spot_img