दोधारा चाँदनीमा रास्वपाको ‘घण्टी घर’ स्थापना

पप्पु गुरुङ्ग, दोधारा : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्पर्क कार्यालय स्थापना गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्पर्क कार्यालय स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर अध्यक्ष पुरन कुमालले बताउनुभएको छ् । पार्टीको बारेमा जानकारी लिन चाहने व्यक्तिलाई आवश्यक जानकारी दिने र सदस्य बन्न ईच्छुक व्यक्तिलाई सदस्यता वितरण गर्न सहजीकरण गर्ने जिम्मेवारी सहित पार्टी कार्यालय स्थापना गरिएको रास्वपा दोधारा चाँदनीका नगर अध्यक्ष पुरन कुमालले बताउनुभयो ।

जनताको जनभावना अनुसार परिवर्तनकारी आकांक्षा पुरा गर्न पुराना दलहरु पूर्णरुपमा असफल भएको बताउदै नगर अध्यक्ष पुरन कुमालले पुराना दलहरुको कार्य शैलीबाट आजित भएका मतदाता रास्वपा प्रति निकै उत्साहपूर्ण नजरले हेरी रहेका बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रास्वपाको संगठन मजबुद हुदै गएको बताउदै निर्वाचनमा देशभरी बहुमत हुनेमा ढुक्क हुन नगर अध्यक्ष कुमालले बताउनुभयो । कार्यक्रममा रास्वपाका सुदूरपश्चिम प्रदेशका पूर्व इन्चार्ज तथा विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव महताले सम्पर्क कार्यालयको स्थापनापछि पार्टीका गतिविधिहरुलाई अझ प्रभावकारी र व्यवस्थित रुपमा अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो । पु

राना दलहरुको कारण युवाहरुलाई देशमा बस्ने बाताबरण नबाएको उहाँले आरोप लगाउनुभएको छ् । रास्वपाको उपस्थितिलाई सान्दर्भिक, जनभावना अनुकुल बनाउन मुलुकको हरेक कुना कुनामा आफ्नो संगठन विस्तारलाई मुर्त रुप दिने सिलसिलामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा पनि सङ्गठन विस्तार शुरु गरिएको सुदूरपश्चिम प्रदेशका पूर्व इन्चार्ज तथा विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव महताले बताउनुभयो । कार्यालय उद्धघाटन कार्यक्रममा बिभिन्न दल परित्याग गरि रास्वपामा प्रबेश गरेहरुलाई सदस्यता तथा अबिर माला लगाएर स्वागत गरिएको थियो ।

ताजा समाचार

spot_img