कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा दोस्रो उपमेयर छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ । शुक्रबारदेखि पालिका स्तरिय दोस्रो उपमेयर छात्रा भलिबल प्रतियोगिता शुरु भएको हो । बेदकोट नगरपालिकाको आयोजना एव भुवनेश्वरी माविको संयोजनमा ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिता मेयर भोजराज बोहराले उद्घाटन गरेका छन ।

मेयर बोहराले प्रतियोगिता उद्घाटन गर्दै प्रतियोगिताबाट छात्रा खेलाडी प्रर्बद्धन हुने बताए । प्रतियोगिता सयोजन गरेको भुवनेश्वरी माविका अध्यक्ष प्रविन बोगटीले छात्रा विद्यार्थीविचको प्रतिस्पर्धाले भलिबलका महिला खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । अध्यक्ष बोगटीले प्रतियोगितामा १४ विद्यालयका छात्राहरुका टिमविच प्रतिस्पर्धा गराईनेछ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पदमराज भट्टले प्रतियोगिताले विद्यार्थीको शिक्षण सिकाईमा समेत सकारात्मक सुधार आउने अपेक्षा राखेका छन । बेदकोट नगरकी उपमेयर तुलसी जोशीले नगरका महिला खेलाडीहरुको प्रर्बद्धनका लागि प्रतियोगिता आयोजना गरेकी बताईन ।

उपप्रमुख जोशीले गत बर्षदेखि पालिकाले नगरभरीका छात्रा समेटने गरेर प्रतियोगिता आयोजना गरिएको बताईन । प्रतियोगितामा विजेता टिमलाई नगदका साथै ट्रफि,मेडल प्रदान गरिनेछ । प्रथम हुने टिमलाई नगद १५, द्वितिय टिमलाई १० र दुई टिमलाई सान्त्वना स्वरुप ५÷५ हजार सहित ट्रफि,मेडल प्रदान गरिनेछ । उद्घाटनकै दिन सिद्धबैजनाथ बगुन र बालज्योती बैतडाविच भएको पहिलो प्रतियोगितामा सिद्धबैजनाथ मावि बगुले जितेको छ । बगुनले ३–०सेटले जित शुरुवात गरेको जनाएको छ ।







