पप्पु गुरुङ्ग, दोधारा । पाचौं राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दोधारा चाँदनी नगरपालिकामा जेष्ठ नागरिहरुलाई गरिएको छ् । हाम्रो साझा अभियान : जेष्ठ नागरिक प्रति श्रद्धा र सम्मान नारा सहित पाचौं राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखा कार्यालयका निरिक्षक अनिता भण्डारीले जानकारी दिनुभएको छ् । यस वर्ष पनि जेष्ठ नागरिक दिवसको अवसरमा सम्मान गरिएका महिला तथा वालवालिका शाखा कार्यालयका निरिक्षक अनिता भण्डारीले बताउनुभयो ।


दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा सञ्चालन भएको कार्यक्रममा ३० जना जेष्ठ नागरिकहरुलाई टोपी, दोसल्ला ओढाएर सम्मान गरिएको उहाँले बताउनुभएको छ् । कार्यक्रममा बाल्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले ज्येष्ठ नागरिकहरु अनुभवका खानी र परिवर्तनका हिस्सेदार भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको विगतको योगदानको स्मरण गर्दै सदा सम्मान गर्नुपर्ने बताउनुभयो ।


ज्येष्ठ नागरिककै मार्गदर्शन र योगदानले विभिन्न खालका परिवर्तन भएको सधैं स्मरण गर्न आवश्यक रहेको मेयर लिम्बुले बताउनुभएको छ् । ज्येष्ठ नागरिकको सामाजिक योगदान अतुलनिय रहेको बताउदै सबैले बुढापाखाहरुलाई हेला नगर्न, ज्येष्ठ नागरिकको अवस्था बुझिदिन, सहयोग र सम्मान गर्न उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा जेष्ठ नागरिकहरुलाई भेटघाट थालोकोरुपमा भवन निमार्ण गर्ने मेयर लिम्बुले प्रतिबद्धता जाहेर गर्नुभएको छ् । कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच समेत गरिएको दोधारा चाँदनी नगरपािलका कार्यालयले जनाएको छ् ।






