कञ्चनपुर : नेशनल लाईफ इन्स्योरेन्स कम्पनी टिकापुर कैलाली शाखाकाे आयाेजनामा अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न भएको छ।मंसिर २७ गते शनिबारका दिन टिकापुर शाखाका शाखा प्रमुख प्रकाश खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिमप्रदेशका प्रदेश प्रमुख नविनकिशाेर भट्ट र बिशिस्ट अतिथि पेशागत बिमा अभिकर्ता संघ बिमक नेशनल लाईफका प्रदेश अध्यक्ष चिफ बिजनेस म्यानेर राजेन्द्र बहादुर चन्द रहनु भएको थियाे।

कार्यक्रममा टिकापुर शाखाबाट आ ब २०८१/८२ मा संजाल बाट उत्कृष्ट बिमा ब्यवशाय गर्ने, ब्यक्तिगत काेडमा उत्कृष्ट बिमा ब्यवशाय गर्ने र निरन्तर बिमा ब्यवशाय गर्ने अभिकर्ता लाई प्रमाणपत्र मेडल तथा खादा बाट सम्मानित गरिएको थियाे। उक्त कार्यक्रममा बिमा ब्यवशाय लाई मर्यादित बनाउन सकारात्मक साेचका साथमा दृढ संकल्प सहित निरन्तर प्रयासरत रहदा सफलता सहजै मिल्ने गर्दछ भन्ने कुरा राख्दै लगातार तीन पटक संजाल ब्यवशाय बाट सुदुरपश्चिम प्रदेश प्रथम हुन सफल कार्यक्रमका विशिष्ट अतिथि राजेन्द्र बहादुर चन्दले आफ्ना अनुभव सुनाउनु भएको थियाे। यस्तै गरि प्रमुख अतिथि नविनकिशाेर भट्ट बाट माेटिभेसन सहित बिमा ब्यवशायमा आवद्ध हुनाका फाईदाका बारेमा धारणा राख्दै प्रशिक्षण दिनु भएको थियाे।

टिकापुर शाखाका शाखा प्रमुख प्रकाश खड्काले स्वागत मन्तव्य राखेकाे कार्यक्रम सुखड शाखाकि शाखा प्रमुख स्नेहा तिवारीले संचालन गर्नु भएको थियाे।कार्यक्रममा करिब पाच दर्जन अभिकर्ताको सहभागीता रहेकाे थियाे। नेशनल लाईफ नेपालकाे अग्रणी जीवन बिमा कम्पनी हाे।सर्वाधिक बाेनस दर भएको बिमा कम्पनी बिगत ३८ बर्ष देखि निरन्तर सेवा दिदै आईरहेकाे छ।







