कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माध्यमिक विद्यालमा बिहिवार अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कक्षा ३ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

४ वटा समूह बिच भएको उक्त प्रतियोगितामा ब्लु हाउस प्रथम, रेड हाउस द्वितीय, ग्रिन हाउस तृतीय र यल्लो हाउसले चौथो स्थान प्राप्त गरेको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रत्येक विषयका बिभिन्न प्रश्नहरु सोधिएका थिए ।कार्यक्रमको सञ्चालन उक्त विद्यालयका शिक्षक लोकेन्द्र भट्टले गर्नुभएको थियो ।

नियमित पढाईका अतिरिक्त विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको प्रिन्सिपल सूर्य बहादुर चन्दले बताउनुभयो । साथै उहाँले यस्ता अतिरिक्त क्रियाकलापहरुको माध्यम मार्फत विद्यार्थीहरुको पढाईमा सुधार हुने र ज्ञानको दायरा बढाउन मद्दत पुग्ने हुँदा यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने समेत बताउनुभयो ।







