कञ्चनपुर : मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको काँधमा जिम्मेबारी आएको छ । संघर्ष समिति जिल्ला अध्यक्ष हिरासिह भण्डारीको गत २५ कार्तिकमा निधन भएपछि तत्तकालिन समितिका उपाध्यक्ष डगौरालाई कावा अध्यक्षको जिम्मेबारी दिएको थियो ।

शनिबार आरक्षपीडित संघर्ष समिति कञ्चनपुरको भेलालले अध्यक्षमा पुन डगौराको अध्यक्षतामा नयाँ कार्य समिति विस्तार गरेको छ । बरिष्ठ उपाध्यक्षर््ा प्रेम बहादुर शाही, उपाध्यक्ष खेमादेखि कार्की, महासचिव गोबिन्द नेपाली सचिव बिरभान सिह नायक, कोषाध्यक्ष जनकला हमाल , सदस्य सुन्दर प्रशाद चौधरी, कालु सुनार, पुरन राना, नरभान ढुगाल, कमला भण्डारी, फुल कुमारी राना, कुल्ला कार्की रहेका छन । यस्तै गोपाल सिह धामीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ ।

दिपेन्द्र बोहरा, बलबिर सिह भण्डारी, रुपलाल जैसी, जलेवा राना, कमल ऐरी रहेका छन । कार्यक्रमका प्रमुख अथिति समेत रहेका पुर्व सांसद नन्दकिशोर एसकेले आरक्षपीडितको पुर्नस्थापनाका लागि पहल गर्ने बताए । आरक्षपीडित संघर्ष समिति कञ्चनपुरको नेतृत्वमा आरक्षपीडितका नेता मोतिलाल डगौराले सम्पूर्ण आरक्षपीडितको समस्या, मर्म भावना बुझ्दै पीडितको हकअधिकारका लागि पैरवी गर्ने बताए ।







