
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा किराँत चुम्लुङ्ग समाजले उद्यौली पर्व भव्यताको साथ मनाएको छ् । किराँत चुम्लुङ्ग समाज दोधारा चाँदनीले आफ्नो रितीरिवाज र खानपानको साथ उद्यौली पर्व सम्पन्न गरेको किराँत चुम्लुङ्ग समाज दोधारा चाँदनीका संयोजक जयकुमार लिम्बुले बताउनुभएको छ् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन विहिवार पितृको मान र प्रकृतिको सम्मानका रुपमा किरात समुदायले उधौली पर्व भव्यताको साथ मनाउदै आएको उहाँले बताउनुभयो । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउने गरेको किराँत चुम्लुङ्ग समाजका संयोजक जयकुमार लिम्बुले बताउनुभएको छ् ।


दोधारा चाँदनी नगरपािलका– ७ संसारीमाई मध्यवर्ती सामुदायिक बनमा भूमिपूजा गर्दै बिहानै देखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच) सहित पकवान पाकाएर पर्व मनाईएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने राई, सुनुवार, लिम्बु जातिका मानिसहरुको जमघटमा उद्यौली पर्व भव्यताका साथ मनाउने गर्दै आएको स्थानियबासी शान्तीमाया सुनुवारले बताउनुभयो ।


जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिने उहाँको भनाई छ् । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने गरिन्छ् ।







