कञ्चनपुर : भीनपा–१९ स्थिीत लक्ष्मी माध्यमिक विद्यालय बागफाँटा का विद्याथीैले प्रधानाध्यापक परमानन्द नाथको जन्मदिन भव्यताका साथ मनाएका छन्

प्रधानाध्यापक नाथको ४२ औं जन्मदिनको उपलक्ष्यमा विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीैहरुले उनक जन्मदिन मनाएका हुन् । विद्यालयकौ चौतफीै विकासको लागि अहम भूमिका खेलेका प्रधानाध्यापक नाथ शिक्षक र विद्यार्थी माझ प्रियbरहेको शिक्षक धर्मानन्द भट्टले बताए ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले नाथको जन्मदिनको विशेष अवसरमा कक्षा कोठामै ‘सरप्राइज’ कार्यक्रम आयोजना गर्दै केक काटेर शुभकामना व्यक्त गरेका थिए।

विद्यार्थीहरूले गरेको आकस्मिक सम्मानप्रति आफू अत्यन्तै खुशी भएको प्रधानाध्यापक नाथले बताए। “विद्यार्थीहरूले अचानक कक्षा कोठामा बोलाएर जन्मदिन मनाउँदा निकै खुशी लागेको छ,” नाथले भावुक हुँदै भने।






