कंचनपुरमा पनि देउसी भैलो खेल्न रोक

कंचनपुर

कोभिड १९ संक्रमण समुदायस्थरमा फैलिने खतरा बढेको भन्दै कंचनपुर जिल्लामा देउसी९भैलो खेल्न रोक लगाइएको    छ । भीडभाँड तथा जमघट बढी हुदाँ जिल्लामा कारोना संक्रमण व्यापक हुन सक्ने भएपछि जिल्ला प्रशासन कार्यालय कंचनपुरले तिहारमा खेलिने देउसी९भैलोमा रोक लगाएको हो ।

‘कंचनपुर जिल्ला प्रशासन कार्यालयले बिहिबार एक विज्ञप्ती जारी गर्दै भिडभाडा हुने गतिविधि नगर्न,पटका, भुँचम्पा, आतिसवाजी गर्न, देउसी भैलो तथा जुवातास नखेल्न सम्पूुर्ण जिल्लावासीलाई अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित विज्ञप्तीमा चाडपर्वमा विशेष स्वास्थ्य सर्तकर्ता अपनाउनका लागी अनुरोध गरिएको छ ।

जिल्लामा कसैले उक्त सूचना विपरित क्रियाकलापहरु गरेको पाईए संक्रामक रोग ऐन २०२० तथा स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय कंचनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले यसको नियमन गर्ने वताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here