कंचनपुर
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
कोभिड १९ संक्रमण समुदायस्थरमा फैलिने खतरा बढेको भन्दै कंचनपुर जिल्लामा देउसी९भैलो खेल्न रोक लगाइएको छ । भीडभाँड तथा जमघट बढी हुदाँ जिल्लामा कारोना संक्रमण व्यापक हुन सक्ने भएपछि जिल्ला प्रशासन कार्यालय कंचनपुरले तिहारमा खेलिने देउसी९भैलोमा रोक लगाएको हो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
‘कंचनपुर जिल्ला प्रशासन कार्यालयले बिहिबार एक विज्ञप्ती जारी गर्दै भिडभाडा हुने गतिविधि नगर्न,पटका, भुँचम्पा, आतिसवाजी गर्न, देउसी भैलो तथा जुवातास नखेल्न सम्पूुर्ण जिल्लावासीलाई अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित विज्ञप्तीमा चाडपर्वमा विशेष स्वास्थ्य सर्तकर्ता अपनाउनका लागी अनुरोध गरिएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
जिल्लामा कसैले उक्त सूचना विपरित क्रियाकलापहरु गरेको पाईए संक्रामक रोग ऐन २०२० तथा स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय कंचनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले यसको नियमन गर्ने वताईएको छ ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)