आरक्षपीडितको न्यायिक पुर्नस्थानाको माग

कञ्चनपुर: कञ्चनपुरका आरक्षपीडितले न्यायिक पुर्नस्थापनाको माग अघि सारेका छन । शनिबार वाणीमा आयोजित भेलाबाट पीडितले न्यायिक पुर्नस्थापनाको माग अघि सारेका हुन । जिल्लादेखि केन्द्रसम्म संघर्ष गर्दा समेत कुनैपनि सरकारले आफुहरुको पीडा गम्भिर रुपमा नलिदा समस्या उस्तै रहेको बताएका छन ।

०५८सालमा तत्तकालिन काँग्रेस सभापति शेर बहादुर देउवाका पालमा विस्थापित भएका पीडितहरुको पुर्नस्थापन नहुँदा खुला आकासमुनी बस्न बाध्य भएको दुखेसो छ । आरक्षपीडितका अगुवा कृष्ण भट्टले न्यायिक पुर्नस्थना नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।

उनले पीडितको समस्या समाधानका लागि जमिनको खोजीदेखि सबै पीडितसंग छलफल, समन्वय गरेर अघि बढ्ने बताए । पुर्नस्थापना नहुँदा नारकीय जिवन विताउन बाध्य भएको भन्दै गम्भिर भईदिन आग्रह गरेका छन ।

ताजा समाचार