दशैँकै मुखमा मासुमा कालोबजारी ! एउटै मण्डीभित्र फरक फरक दर, खसी भन्दै बाख्री, बोकाको मासु भिडाएर उपभोक्ता ठग्दै

कञ्चनपुर : नेपाली समुदायको महान पर्व दशैँकै मुखमा कञ्चनपुरमा मासुमा कालोबजारी मौलाएको छ । गरिब, विपन्न समुदायले खानै नसक्ने गरेर खसीको मासु व्यवसायीले आफुखुसी मनपरी ढङगबाट मुल्य बृद्धि गरेका छन । जिल्ला मुकाम महेन्द्रनगर बजारमा रहेको मण्डीभित्र केही व्यवसायीले मुल्य बृद्धि गरेका छन, भने केहीले यथावत मुल्यमै बिक्रि वितरण गरिरहेका छन । यतिमात्रै नभई खसीको मासु भनेर बाख्रा, बोकाको मासु मिसावट समेत गरेर बिक्रि वितरण गरिरहेको स्वयम मासु व्यवसायीहरुले एक अर्कालाई आरोप प्रत्यारोपमा उत्रिएका छन । मुल दशैँ आउन दुई दिन बाँकी रहदा अष्टमीकै दिन मंगलबार प्रतिकिलो मासुमा एकै पटक सय रुपैया बृद्धि गरेका हुन । मण्डीभित्र कटिङ्ग मासुको मुल्य फरक फरक भएपछि उपभोक्ता मारमा परेका हुन । छेउमै रहेको एक मासु पसलमा खसीको ९सय र अर्को पसलमा १हजार रुपैया लिन थालेपछि उपभोक्ता ठगिन लागेका छन ।

प्रतिकिलोमा सय रुपैया बृद्धि गरेका भण्डारी मासु पसलका संचालक रामसिह भण्डारीले विगत चार बर्षदेखि मृल्य बृद्धि हुन नसक्दा मारमा परेकाले बृद्धि गरेकोे बताए । ‘गत बैशाखमै मासुको मुल्य बढाउने सहमती भएको थियो, ‘उनले भने, ‘अहिले आएर दशैँको मुखमा बृद्धि ग¥यो भनेर दुष्प्रचार गरिदै छ, उपभोक्ता माथि अन्याय गरेका छैनौँ ।’ उनले मुल्य बृद्धि नगर्ने व्यवसायीहरुले बदमासी गरिरहेको र खसीको मासुमा बोका,बाख्रीको मासु मिसाएर बिक्रि गर्दा उनीहरुलाई केही समस्या नभएको ठोकुवा गरेका छन । मासुको मुल्य बृद्धि नगरेका न्यू मल्ल मासु पसलका संचालक हर्क बहादुर मल्लले दशैँको मुखमा मण्डी भित्रका केही मासु व्यवसायीले बदमासी गरेको बताए । ‘मैले त यो तिहारका बेला पहिलेकोे मुल्यमा मासु उपभोक्तालाई दिईरहेको छु, ‘उनले भने, ‘प्रति किलो मासुमा २५ रुपैयादेखि भुडी बच्छ ।’ उनले आफुले खसीको मासुमा अन्य बाख्री, बोकाको मासु बिक्रि नगरेको र राती काट्ने भन्दा बिहान लाईभ काट्नेमा फरक हुने बताए । उपभोक्ता जहरलाल लुहारले यसरी एकै स्थानमा रहेका मासु पसलमा फरक फरक मुल्य र खसी भन्दै बाख्री, बोकाको मासु भिडाउने काम गरेर उपभोक्तामाथि अन्याय गरेको दुखेसो पोखे ।

अर्का उपभोक्ता बिरादत्त भट्टले मण्डीभित्रै ठुलो कालोबजारीले उपभोक्ता मासु मात्रै होईन तरकारीमा पनि ठगिदै आएको बताए । ‘यो मण्डीभित्र पाईने सबै बस्तुमा हामी जहिल्यै ठगिदै आएका छौँ, ‘उनले भने, ‘यतिसम्मको ठगिदा समेत सरकार केही गर्दैन ।’ उपभोक्तावादी प्रभुनिधी पन्तले स्थानीय सरकार सहित सरोकारवाला निकायकले प्रभावकारी बजार अनुगमन, नियमन नगर्दाको परिमाण आज उपभोक्ता आर्थिकदेखि अन्य विषयमा ठगिन लागेको बताए । उनले प्रभावकारी बजार अनुगमन गर्दा उपभोक्ता ठगिनबाट जोगिने बताए । कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले खसीको मासुमा फरक फरक मृल्यमा बेचबिखन भईरहेको गुनासो आफुसंग पनि आएको बताए । ‘यस मण्डीभित्र स्थानीय सरकार सहितका अन्य सरकारले मासुको मुल्य निर्धारण गर्दैन, ‘उनले भने, ‘पहिल्यैदेखि बजारको अवस्था अनुरुप व्यवसायी आफैले बृद्धि गर्दै आएका छन ।’ दशैँको मुखमा यसरी मुल्य बृद्धि गर्दा मण्डीभित्र आउने उपभोक्ता मारमा पर्ने भएकाले यस तर्फ आवश्यक पहल गर्ने बताए । यसरी मण्डीभित्र हुने जथाभावि मासु एव तरकारीको मुल्य बृद्धिदेखि मापदण्ड विपरित बेचबिखन जस्ता कामकाजले उपभोक्ता मारमा पर्दै आएका छन ।

ताजा समाचार