महेन्द्रनगर: कञ्चनपुर जिल्ला तेक्वान्दो संघको तेस्रो जिल्ला अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ।

आइतबार महेन्द्रनगर स्थित तेक्वान्दो प्रशिक्षण कबड हलमा आयोजना भएको कञ्चनपुर जिल्ला तेक्वान्दो संघको तेस्रो जिल्ला अधिवेशन एक कार्यक्रमका बीच सम्पन्न भएको हो।

तेस्रो जिल्ला अधिवेशनबाट राजेन्द्र के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। जसमा उपाध्यक्षमा चक्र प्रसाद मिश्र, कोषाध्यक्ष बाशु देव घिमिरे, सदस्यहरु गोबिन्द थापा, निर्मला डगौंरा, लालबहादुर थापा, कमल चौधरी र हरेन्द्र बहादुर धानुक चयन भएका छन्।

तेस्रो निर्वाचन समितिको संयोजकको जिम्मेवारी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टको संयोजकत्वमा सदस्य रहने गरि तेस्रो निर्वाचन समिति गठन गरि जिम्मेवारी दिएको थियो।
कार्यक्रमको सभापतित्व कञ्चनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह, प्रमुख अतिथी कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्का, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश ने.संघका महासचिव एवम् प्रदेश निर्वाचन प्रतिनिधि पदम बिक्रम सिंह,जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख एवम् तेस्रो जिल्ला निर्वाचनका संयोजक गोपाल दत्त भट्ट लगायत प्रशिक्षक खेलाडीहरु र कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो।
