कञ्चनपुर: कञ्चनपुरको महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको अध्यक्षका लागि सिँचाईकर्मी भीम बहादुर थापा र गंगादत्त भट्ट चुनावी मैदानमा होमिएका छन ।
महाकाली सिँचाई जल उपभोक्ता सघ केन्द्रीय समितिको अध्यक्षका लागि थापा र भट्ट चुनावी मैदानमा होमिएका हुन ।

केन्द्रीय समितिका निर्वतमान अध्यक्ष थापा र प्रथम चरणका अध्यक्ष भट्ट अहिले चुनावी मैदानमा होमिएर मतदातामाँझ खटिएका छन । उपाध्यक्षमा दिलिप कुँवर र यज्ञराज भट्ट पनि चुनाव लडिरहेका छन । शनिबार निर्वाचन हुदैछ । यस अघि अन्य पदाधिकारी र सदस्य पदमा निर्बिरोध निर्वाचित भएका थिए । महासचिव अशोक सिह साउद, सचिव गोपाल सिह कुँवर, कोषाध्यक्ष दिलिप बढाऐर सहितका सदस्य निर्बिरोध निर्वाचित भएका छन ।

१सय ३४ मतदाताले अध्यक्ष र उपाध्यक्ष चुन्नेछन ।
प्रथम चरणको क्षेत्रीय अध्यक्षको नेतृत्व सम्हालिसकेपछि केन्द्रीय अध्यक्षको दौडमा रहेका गंगादत्त भट्टले समग्र सिँचाई प्रणाली सुधार गर्दै किसानको खेतसम्मै पानी पु¥याउने मुल एजेण्डा अघि सारेका छन । भट्टले कृर्षिमा आत्मनिर्भरका लागि सिँचाई महत्वपूर्ण भएकाले समयमै शिघ्र सिँचाईका कार्यक्रम अघि बढाउने एजेण्डा बोकेका छन ।

केन्द्रीय नेतृत्व गरिसकेका भीम बहादुर थापाले सिँचाई प्रणालीमा आधुनिकीकरण ल्याउने एजेण्डा अघि सारेका छन । आरसीसी टर्सरी, सिमसार व्यवस्थापन,मुहानबाटै पानीको शिल्ड व्यवस्थापन अघि सारेका छन । महाकाली सिँचाई व्यवस्थापन कार्यालयको भीमदत्त, बेदकोट, बेलडाँडी र बेलौरीमा सिँचाई सुविधा रहेको छ ।










