जिल्ला स्तरीय माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगितामा बेलडाँडी गाउँपालिका द्वितीय

कञ्चनपुर: जिल्ला स्तरीय माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगितामा बेलडाँडी गाउँपालिका द्वितीय स्थान प्राप्त गरेको छ।

असोज ५ गते शिक्षा विकास तथा समन्वय इकाई, कंचनपुरको आयोजनामा सञ्चालित जिल्ला स्तरीय माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगितामा भीमदत्त नगरपालिकाले प्रथम र बेलडाँडी गाउँपालिकाले द्वितीय स्थान प्राप्त गरेको हो।

बेल्डाँडी गाउँपालिका टिमबाट प्रतियोगिताका लागि आयुश प्रशाद भट्ट सरस्वती मा.वि झरनासागर, हिमेश रोकाया गणेश मा.वि भुर्षा,ममता निरौला सिद्धनाथ मा.वि चौफेरिका विद्यार्थीको सहभागिता रहेको बेल्डाँडी गाउँपालिका शिक्षा शाखामा कार्यरत लोकेन्द्र शाहीले बताउनु भयो।

पालिकाले उपाधी दोस्रो स्थान प्राप्त गर्दा बौद्धिक क्षमता ए समसामयिक ज्ञानका कुराले विद्यार्थीलाई अब्बल संगै प्रोत्साहनका साथ हौसला मिल्ने भन्दै बधाई समेत दिएका छन्। उनले भनेका छन्, ‘यो उपलब्धी प्राप्त गर्न सफल भएकोमा सहभागी विद्यार्थी, सहभागी पठाउने विद्यालय लगायत सम्पूर्ण पालिका परिवारलाइ हार्दिक बधाईका साथै धन्यवाद’ समेत ज्ञापन गर्नु भएको छ।

ताजा समाचार