धनगढी: सुदूरपश्चिम प्रदेशको धनगढीमा सरोकारवाला संग समन्वयात्मक बैठक सम्पन्न भएको छ।

आइतबार निल हिरा समाजको आयोजनामा कैलाली जिल्लाको धनगढी अवस्थित होटेल डिभोटीको सभाहलमा निलहिरा समाज र सम्मान गृहले गरेका कामकारबाहीको बारेमा सरोकारवाला संग समन्वयात्मक बैठक सम्पन्न भएको हो। उक्त बैठकमा निलहिरा समाजद्धारा सुदूर पश्चिम समाजले सञ्चालनमा रहेको सम्मान गृहले गरेका कामकारबाहीको बारेमा सरोकारवाला निकायका माझमा प्रस्तुतीकरण निरङ चौधरी र करुणा नेपालले गर्नु भएको थियो।

जिल्लामा पछिल्लो समयमा हाल सम्म गरिरहेको काम परियोजना, चुनौती उपलब्धिको विषयमा जानकारीका साथै छलफल गरिएको थियो। निल हिरा समाजद्धारा सुदूर पश्चिम समाजले सञ्चालन गरिरहेको सम्मान गृह र त्यसको काम कर्तव्य बारेमा समेत जानकारी गराएको युएनडिपी अन्तर्गत ग्वोलोबल फण्ड राउण्ड सेभेन मानव अधिकार परियोजना निल हिरा समाजको कार्यक्रम संयोजक सिम्रन शेरचनले बताउनु भयो।

सामाजिक रुपमा पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको तथ्यांक एकिन हुन आवश्यक रहेको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश झंकर रावले बताउनु भयो।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले पछिल्लो समयमा आफ्नो हक अधिकारको लागि लड्दै आएको छ, जसमा सुदूरपश्चिम प्रदेशको धनगढीमा निकै सकारात्मक रहेको धनगढी उपमहानगरपालिका वडा नं.०५ सदस्य एवम् कार्यपालिका सदस्य योशदा भण्डारीले भन्नू भयो।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकामा पहिला भन्दा अहिले समाजमा हेर्ने दृष्टिकोण परिवर्तन रहेको धनगढी उपमहानगरपालिका उप-प्रमुख कन्दकला रानाले बताउनु भयो। संस्थाले समन्वयकारी भुमिका संगै कार्यको थालनी गर्दै आएको र सबैको साथ सहयोग रहेको सुदूरपश्चिम समाजका अध्यक्ष निरङ चौधरीले बताउनु भयो।
समन्वयात्मक बैठकमा सुदूर पश्चिम समाज धनगढीका अध्यक्ष निरङ चौधरी, धनगढी उपमहानगरपालिका उप-प्रमुख कन्दकला राना, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश झंकर रावल,धनगढी उपमहानगरपालिका वडा नं.०५ सदस्य एवम् कार्यपालिका सदस्य योशदा भण्डारी लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो।
