संविधान रक्षाको माग अघि सार्दै कञ्चनपुरका पत्रकार र कानुन व्यवसायीको मौन प्रर्दशन

कञ्चनपुर : संविधान रक्षाको माग अघि सार्दै कञ्चनपुरका पत्रकार र कानुन व्यवसायीले मौन प्रर्दशन गरेका छन । शुक्रबार महेन्द्रनगरमा नेपाल पत्रकार महासंघ, उच्च र जिल्ला बार एसोसिएनको आयोजनामा जिल्लाका पत्रकार र कानुन व्यवसायी(वकिल)ले मौन प्रर्दशन गरेका हुन ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले अहिले मुलुकको विषम अवस्था भएकाले संविधानको रक्षाका लागि मौन प्रर्दशन गरिएको बताए । अध्यक्ष धामीले संविधानको रक्षा गर्दै लोकतन्त्र र राष्ट्र बचाउने काम सबै नागरिकको दायित्व भएको बताए । उच्च बार एसोसिएसन महेन्द्रनगरका अध्यक्ष भुपेन्द्र विष्टले मुलुकका विद्यमान परिस्थिति समाधानका लागि सरोकारवाला जिम्मेबार बन्नुपर्नेमा जोडदिएका छन ।

जेनजी आन्दोलनपछि कञ्चनपुर सहितका देशका विभिन्न स्थानमा संविधान रक्षाका पक्षमा प्रर्दशन गरिरहेका छन । पत्रकार महासंघ र बार एसोसिएसनले संयमित भएर शान्ति सुरक्षा एव सद्भाव कायम गर्न अनुरोध गरेका छन ।

ताजा समाचार