रास्वपा कञ्चनपुर सभापति विष्टले छाडे पाटी


कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका पाटी सभापति पदम विष्टले पाटी परित्याग गरेका छन । रास्वपा कञ्चनपुरका संस्थापक सभापति(प्रमुख) विष्टले पाटी परित्याग गरेका हुन । तीन बर्षदेखि रास्वपा जिल्लाको प्रमुख जिम्मेबारीमा रहेका विष्टले पाटीको साधारण सदस्य समेत नरहने गरेर पाटी परित्याग घोषणा गरेका छन ।

बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै सभापति विष्टले आजैका मितिदेखि लागु हुने गरेर पाटी परित्याग गरेको घोषणा गरेका हुन । १५ साउन ०७९ महेन्द्रनगरमा पाटी सभापति रवि लामिछानेकै उपस्थितिमा रास्वपा कञ्चनपुरको पहिलो जिल्ला भेलाबाट विष्टलाई सभापति बनाईएको थियो । त्यसपछि गत बर्ष ११पुष ०८१ बेलौरीमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनबाट विष्ट नै सभापतिमा दोहोरिएका थिए ।

सहकारी काण्डमा काँग्रेस, एमाले नेतृत्वको सरकारले २कार्तिक ०८१देखि पाटी सभापति लामिछानेलाई पक्राउ गर्दै विभिन्न जिल्लाहरुमा मुद्दा चलाएपछि जिल्लामा हस्ताक्षर अभियान संचालन गरेका विष्टले जेनजी आन्दोलनपछि पाटी परित्याग गरेको घटनाले राजनीतिक बृतमा महत्व राखेको छ ।

०४६ सालदेखि राजनीतिकमा जोडिएका विष्ट दुई दशक बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए । ‘म यो निष्कर्षमा पुगेको छु कि, भ्रष्टाचार, डण्डहीनता र वैमनस्यताको जरा हामी आफैमा छन्, ‘विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले सबैले आफूलाई भित्रैबाट सुधार्न सुरु गरे भने समाज आफै सुधारिन्छ ।’


Loading Viewer...

ताजा समाचार

spot_img