कञ्चनपुर : जेनजी आन्दोलनका कारण नेपाली नागरिकलाई भारत प्रवेसमा रोक लगाईएको छ । सीमावर्ती कञ्चनपुरका विभिन्न खुला सीमा नाकाहरुबाट भारतमा प्रवेस रोक लगाईएको हो ।

भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नेपालबाट नेपाली नागरिक भारत प्रवेस गर्न दिएको छैन,तर आधारकार्ड भएका भारतीयलाई भने प्रवेस गर्न दिएको छ । बिहानैदेखि गड्डाचौकी, टनकपुर, दोधाराचाँदनी, बेलडाँडी, बेलौरी र पुनर्वास नगरका विभिन्न खुला नाकाहरुबाट नेपाली तथा भारतीयहरुलाई भारत प्रवेसमा रोक लगाएको छ । तर, भारतबाट नेपाल आउन भने दिएको छ ।

भारतबाट स्वदेश फिर्ता भएका बैतडीका जनक लुहारले सीमावर्ती बनबासा नाकाबाट नेपाल आउन दिएको तर, भारत जान नदिएको बताए । जेनजी आन्दोलनका क्रममा मंगलबार कञ्चनपुर, कैलाली सहितका विभिन्न जिल्लाका कारागारमा रहेका कैदीबन्दी भागेपछि भारत प्रवेस रोक लगाएको जनाएको छ । भारतबाट फर्किएका नेपाली मजदुर यातायात सेवा संचालन नभएपछि महेन्द्रनगर बसपार्क सहितका सडकमै अलपत्र गरेका छन ।

