कञ्चनपुर : जेएजी युवा विद्यार्थी कञ्चनपुर कारागार पसेपछि कैदीबन्दी सबै बाहिर निस्किएका छन । मंगलबार साँझ कारागार पसेका आन्दोलनकारीले मुलगेटका सबै गेट तोडफोड गरेपछि खुसी भएर कैदीबन्दी भागेका हुन ।

झण्डै साढे चारसय कैदीबन्दी रहेको कारागारमा केही भित्रै रहेको अधिकाँस भागेको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका एसपी खडक बहादुर खत्रीले कैदीबन्दी बाहिर आउने क्रममा प्रहरीले भित्रै बस्न आब्हान गरेपछि केही भित्रै केही बाहिर निस्किएको बताए ।

