कञ्चनपुर – कञ्चनपुरका युवा नेता तथा समाजसेवी हेम बहादुर बस्नेतले ५६औं पटक रक्तदान गरेका छन्। ‘रक्तदान जीवन दान’ भन्ने भनाइलाई आत्मसात गर्दै उनले नियमित रूपमा रगत दान गर्दै आएको बताए।

बस्नेतका अनुसार आपतकालीन अवस्थामा समेत उनले पटक–पटक रक्तदान गरेका छन्। “कसैको ज्यान जोग्न सकिन्छ भने तीन महिनामा नवीकरण हुने रगत किन नदिउँरु” उनले भने, “जिउले साथ दिने सम्म रक्तदान गर्दै जानेछु।”

समाजसेवामा सक्रिय बस्नेत बहुप्रतिभाशाली व्यक्तित्व पनि हुन्। खेलकुद क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका उनी सुदूरपश्चिम तेक्वान्दो संघका कार्य समिति सदस्य, राष्ट्रिय उद्यान महासंघको केन्द्रीय सदस्य तथा जिम हाउस तेक्वान्दो डोजाङ्गका सञ्चालक छन्।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, कञ्चनपुरका ल्याब इन्चार्ज नरेन्द्र देव जोशीका अनुसार बस्नेतले हालसम्म ५६ पटक रक्तदान गरिसकेका छन्।
