कञ्चनपुर : ज्योति विकास बैंकले कैलाली गोदाबरी नगरपालिका एक मन्दिर परिसर क्षेत्रमा बृक्षारोपण गरेको छ ।
ज्योति विकास बैंक लिमिटेड शाखा अत्तरियाले गोदाबरी नगरपालिका ३चौकिडाँडामा रहेको गौरादेवी मन्दिरमा बृक्षारोपण गरिएको होे ।

आइतबार एक कार्यक्रमका विच बैंकले सरोकारवालाहरुकोे उपस्थतिमा मन्दिर परिसर क्षेत्रमा अढाईसय कागतीका बिरुवा रोपेको जनाएको छ । ज्योति विकास बैंक शाखा अत्तरियाका शाखा प्रमुख लक्ष्मण चौक्यालले समाजिक उत्तरदायित्व अन्र्तरगत मन्दिर परिसर क्षेत्रमा कागतीका बिरुवा रोपिएको बताए । कार्यक्रममा गोदाबरी नगरका मेयर बिरेन्द्र भट्ट, लुम्बिनी वल्डपिसका अध्यक्ष बासु गौतम, गौरादेवी मन्दिरका अध्यक्ष नरेन्द्र प्रशाद भट्टराई सहितका जनप्रतिनिधी, बैंकका कर्मचारी, सहितका सरोकारवालाको उपस्थिति रहेको थियो । ज्योति विकास बंैंकले समाजिक उत्तरदायित्व अन्र्तरगत समाजिक क्षेत्रमा कामकाज गर्दै आएको छ ।

