१५ औं रनिङ्ग चादीकपको ट्रफी एन्फा केन्द्रीय अध्यक्ष नेम्वाङ द्धारा अनावरण

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना हुने १५ औं रनिङ्ग चादीकप खुला पुरुष फुटबल प्रतियोगिता २०८२ को ट्रफी अनावरण अखिल नेपाल फुटबल संघ केन्द्रीय अध्यक्ष पंकज नेम्वाङले गर्नु भएको छ।

आइतबार पुनर्वास नगरपालिका वडा नं.- ०७ बुद्धबस्ती कञ्चनपुरमा रहेको सिद्धार्थ युवा क्लबले आयोजना गर्ने १५ औं रनिङ्ग चादीकप खुला पुरुष फुटबल प्रतियोगिता २०८२ को ट्रफी एक कार्यक्रमका साथ केन्द्रीय अध्यक्ष नेम्वाङले गर्नु भएको हो।

असोज देखि आयोजना गर्ने १५ औं रनिङ्ग चादीकप खुला पुरुष फुटबल प्रतियोगिता २०८२ को ट्रफीको एक कार्यक्रमका साथ एन्फा केन्द्रीय अध्यक्ष लगायत कार्यसमिति र सुदूरपश्चिम प्रदेश फुटबल संघ अध्यक्ष दिनेश श्रेष्ठ, कञ्चनपुर जिल्ला फुटबल संघ अध्यक्ष गणेश बहादुर चन्द कैलाली जिल्ला फुटबल संघ अध्यक्ष एवम् केन्द्रीय सदस्य अनिल मल्ल लगायको उपस्थितिमा ट्रफी अनावरण गरिएको आयोजक क्लबका अध्यक्ष प्रकाश तामाङले बताउनु भयो।

ताजा समाचार