काँग्रेस, एमाले, माओवादी गठबन्धनका उम्मेदवार हराउँदै बेलडाँडीको रौलेश्वर क्याम्पसमा स्वतन्त्र उम्मेदवार पुष्पकमल निवाचित

कञ्चनपुर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा पुष्पकमल पण्डित निर्वाचित भएका छन ।
शनिबार भएको क्याम्पस संचालक समितिको निर्वाचनबाट अध्यक्षमा पण्डित निर्वाचित भएका हुन ।

स्वतन्त्र उम्मेदवार पण्डितले सत्ताधारी काँग्रेसका उम्मेदवार पवन कुमार जोशीलाई १०मत र अर्का सत्ताधारी एमाले, विपक्षी माओवादी गठबन्धनका उम्मेदवार ईश्वरीदत्त भट्टलाई २७मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । पण्डितले ६१, जोशीले ५१ र भट्टले ३४मत ल्याएका छन । यस्तै पाँच खुला सदस्य तर्फ भुवनेश्वर पण्डित ८२, बीर बहादुर बडुवाल ८०, नरेन्द्र रोकाया ८१, महेश विष्ट ६३, सञ्जिव विक्रम सिह(धुव्र) ६२मत ल्याएर निर्वाचित भएका छन । यस्तै बुद्धिजिवी सदस्य तर्फ बीर बहादुर सिह(ठकुरी) ७२, जयलाल भट्ट ६९मत ल्याएका थिए । यस अघि दलित आदिवासी सदस्य तर्फ लक्ष्मण सुनार, महिला तर्फ कलाबली बम र लोकमाया जेठारा निर्वाचित भएका छन ।

क्याम्पस प्रमुख प्रयागराज जोशीले कुल १सय ७२मतदाता मध्ये १सय ५०मत खसेको जसमध्ये १सय ४६मत सदर भएको बताए । सहमती हुन नसकेपछि क्याम्पसले निर्वाचिन प्रकृयाबाट संचालक समिति छनौट गरेको हो । ०६४ सालमा स्थापना भएको क्याम्पसमा पहिलो पटक निर्वाचन भएको छ ।
पुर्व नेवि संघ विद्यार्थी नेता , बेलडाँडीका जनप्रतिनिधी एव पहिलो कार्यकाल क्याम्पस संचालक समिति सदस्यको जिम्मेबारी निर्वाह गरेका पण्डित यस पटक क्याम्पस संचालक समितिको अध्यक्षको जिम्मेबारीमा पुगेका हुन । काँग्रेसबाट एमाले प्रवेस गरेका बेलडाँडीका अगुवा युवा पण्डित एमालेमा पनि निष्कृय रहेका उनका सहकर्मीहरुले बताएका छन ।

पण्डितले समग्र क्याम्पसको भौतिक बृद्धि विकासका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ‘मैले अभिाभवकबाट पाएको जिम्मेबारी अनुरुप यस दक्षिणी भेगको अग्रणी शैक्षिक संस्थाको बृद्धि विकासका लागि काम गर्छु, ‘उनले भने, ‘यसका साथ तीनै तहदेखिका दातृ निकायसंग समन्वय गरेर अघि बढछु, मेरो गाँउको क्याम्पस हामीले बनाउने हो ।’ बेलडाँडीका काँग्रेस युवा नेता सुरेन्द्र बहादुर सिहले अब क्याम्पस बनाउने जिम्मा युवाको काँधमा आएकाले क्याम्पस सुधारको विकल्प नभएको सुझाव दिएका छन । क्याम्पस सुधारका लागि सरोकारवाला गम्भिर हुनुपर्ने अभिभावकको समेत चिन्ता छ ।

ताजा समाचार

spot_img