दोधारा । गृहमन्त्री रमेश लेखकले शनिबार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ् । केही दिन अघि जोबगुडा नदीमा आएको बाढीले दोधारा चाँदनी ३, ७, ८ र १० मा क्षति गरेपछि गृहमन्त्री रमेश लेखबले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो । उहाँले दोधरा चाँदनी ३ पटरा खल्लामा जोगबुडा नदीले भत्काएको निर्माणाधिन तटबन्ध तथा रामपुरे टापु, जर्गा टोल र सुन्दरनगरमा पुगेर स्थलगत अवलोकन गर्नुभएको हो । आईतबार देखिको अविरल वर्षापछि आएको बाढीले दोधारा चाँदनी नगरपालिकाको पटराखल्ला, सुन्दरनगरमा १ सय ५७ घरधेरी विस्थापित भएका थिए ।

तटबन्ध भत्काएको क्षेत्रको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले यसै आर्थिक वर्ष जोगबुडा नदीबाट बस्ती जोगाउन तटबन्ध निमार्ण गर्ने गरि बजेट विनियोजन भईसकेको बताउनुभयो । उहाँले बाढीबाट दोधारा चाँदनी जोगाउनका लागि महाकाली नदी र जोगबुढा नदीका धेरै स्थानमा तटबन्ध निमार्ण भईसकेको र बाँकि रहेको स्थानमा पनि तटबन्ध निमार्ण गर्न बजेट विनियोजन भएकाले यसै वर्ष काम हुने दावी गर्नुभयो ।

कुनै बेला आकाशमा बादल देख्ने बित्तिकै बाढीको त्रासमा बस्नु पर्ने दोधारा चाँदनी अहिले महाकाली नदी र जोगबुढा नदीमा पक्की तटबन्ध निमार्ण भएपछि सुरक्षति बनेको उहाँले बताउनुभयो । यहाँका बाढी विस्थापितहरुले गृहमन्त्री लेखक संग सरकारले राहत भन्दा पनि बस्ती जोगाउन तटबन्ध गर्नु पर्ने माँग गरेका छन् ।

बाढीले दोधारा चाँदनी नगरपालिका –८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुडा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका थिए । त्यसै गरि दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर र दुईवटा सशस्त्र प्रहरीका बिओपी समेत विस्थापित भएका थिए ।
