कञ्चनपुरमा खप्तड समाजद्वारा धुमधामसाथ गौरा पर्व मनाइने


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको प्रमुख सांस्कृतिक पर्व गौरा पर्व यस वर्ष पनि कञ्चनपुरमा खप्तड समाजको आयोजना र सहभागितामा धुमधामका साथ मनाइने भएको छ।

समाजका अध्यक्ष वीरबहादुर महतका अनुसार भाद्र १५ अथवा अष्टमीका दिनदेखि महेन्द्रनगरको साविक महेन्द्र स्मारक परिसरमा पर्व मनाइने तयारी गरिएको छ। यस अवसरमा देउडा, छलिया, हुड्केली लगायतका परम्परागत सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति समेत प्रस्तुत गरिने छ। साथै, सुदूरपश्चिमको पहिचान, संस्कृति र एकताको प्रतीकको रुपमा यो पर्वलाई अझ भव्य बनाउन प्रदर्शनी समेत आयोजना गरिने जनाइएको छ।

गौरा पर्वको तयारीबारे कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित होटल व्यवसायी संघको हलमा बसेको बैठकले आवश्यक निर्णय गरेको हो। उक्त बैठकमा खप्तड समाजका पदाधिकारीहरू, संस्थापक अध्यक्ष हरिसिंह रावल, पूर्व उपाध्यक्ष बिर्खबहादुर मल्ल, पूर्व सचिव नरबहादुर विश्वकर्मा, पूर्व सह–सचिव डम्बर बहादुर खड्का तथा समाजसेवी गोरखबहादुर सिंहलगायतको उपस्थिति रहेको थियाे ।


ताजा समाचार

spot_img