दलित मुक्ति मोर्चा कृष्णपुर नगरको अध्यक्षमा नेपाली


कञ्चनपुर : नेपाल दलित मुक्ति मोर्चा कृष्णपुर नगरको अध्यक्षमा सुरेश नेपाली चयन भएका छन । बिहीबार गुलरियामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा कृष्णपुर नगरको तेस्रो नगर भेलाबाट अध्यक्षमा नेपाली चयन भएका हुन । उपाध्यक्ष दुरादेवी कुमाल, रितु सार्की, राम बहादुर खडरा, सचिव नर बहादुर आउजी, सह सचिव नन्दराम ओड, कोषाध्यक्ष तारा लुहार सहित रहेका छन ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्टले माओवादी जनयुद्धकै उपज दलित समुदाय राजनीतिक अग्रमोर्चामा आएको बताउँदै अझैपनि दलित समुदायबाट राजनीतिक नेतृत्वका लागि शसक्त भएर सघर्ष गर्नुपर्नेमा जोडदिएका छन ।

कार्यक्रममा संविधान सभा सदस्य एव माओवादी नेता देवीलाल चौधरी, केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, गोबिन्द विक, जिल्ला संयोजक खेमराज पाण्डेय, सचिव सहबिर सुनार, माओवादी नेता कैलास सुनार, राजुसार्की सार्की(भुल), शिवी लुहार सहितको उपस्थिति रहेको थियो । नेपाल दलित मुक्ति मोर्चा कृष्णपुर नगरको अध्यक्षमा सुरेश नेपालीले दलित समुदायको राजनैतिक हक अधिकारका लागि पहल गर्ने बताएका छन ।


ताजा समाचार

spot_img