महिलाहरुले तिजको गितमा विपद् व्यवस्थापनको लागी गरिएको काम र बाढीको पिडा गित मार्फत पोखे

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा महिलाहरुले तिजको गित मार्फत बाढीको समस्या, पिडा र अवस्था पोखेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजना र निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत गैरसरकारी संस्थाको सहयोग र सहकार्यमा संचालन भएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका विपद् व्यवस्थापन समितिका महिलाहरुले तिजको गित मार्फत बाढीको बेला गरेको काम, समस्या, पिडा र अवस्था गित मार्फत पोखेका छन् । उनीहरुले गाएको गितले दोधारा चाँदनी नगर क्षेत्रमा रहेको महाकाली नदी र जगबुडा नदीले वर्षायाममा दिएको दिदै आएका पिडा र विपद् व्यवस्थापन समितिहरुले गरेका कामको पछिल्लो वास्तविकतालाई चित्रण गरेका थियो ।

oplus_0

विपद् व्यवस्थापन तथा प्रतिकार्यको लागी गरिएको काम तथा बाढीले दिएको पिडालाई तिजको गित मार्फत महिलाहरुले जनप्रतिनिधी, संघ–संस्थाहरुलाई सुनाएका दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको वर्षायाममा महाकाली नदीका तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले पाएको दुख तथा स्थानिय सरकार र बिभिन्न संघ–संस्थाले विपद् व्यवस्थापन तथा प्रतिकार्यको लागी गरेका कामको गित मार्फत प्रस्तुत गरिएको निड्स नेपालको स्कोपआरथ्री परियोजनाका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभएको छ् ।

oplus_0

कृषि कर्म गर्ने किसानहरुको पिडालाई पनि महिलाहरुले गीत मार्फत उजागर गरेका थिए । वर्षभरि दु:ख गरेर लगाएको अन्नबालीलाई बाढीले नष्ट गरिदिदा किसानहरुको खेतबारी रित्तिदै जाने गरेको भन्दै उक्त समस्या समाधान गर्न पहल गर्न स्थानीय, प्रदेश सरकार र संघिय सरकार संग आग्रह समेत गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा छरिएर रहेका ६ वटा सामुदायिक विपद् व्यवस्थापन समितिले तिज बिशेष सचेतनामुलक कार्यक्रममा सहभागी भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो ।

oplus_0

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, शुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगर लगाएत बिभिन्न संघ–संस्थाका प्रतिनिधी, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

oplus_0

कार्यक्रममा उत्कृष्ट गित प्रस्तुत गर्ने सामुदायिक विपद् व्यवस्थापन समितिको टोलीलाई पुरुस्कार समेत प्रदान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

ताजा समाचार