आईटिएफ तेक्वान्दो महासंघ कञ्चनपुरको अध्यक्षमा ठगुन्ना

कञ्चनपुर : आईटिएफ तेक्वान्दो महासंघ कञ्चनपुरको अध्यक्षमा तिलक सिह ठगुन्ना चयन भएका छन । आइतबार आईटिएफ तेक्वान्दो महासंघको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ठगुन्ना चयन भएका हुन । उपाध्यक्ष तेजेन्द्र ऐर, सचिव अभिषेक बस्नेत, कोषाध्यक्ष प्रकास पार्की, सदस्य निरज कार्की, दिपेश धामी, नविन बडू, यशोदा जोशी, आशा चौधरी, जिवन बस्नेत, सुसी भट्ट रहेका छन ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपाल दत्तको रहोबरमा आईसिएफ तेक्वान्दो महासंघका केन्दीय सदस्य एव प्रदेश प्रमुख प्रशिक्षक शम्भुजित बस्नेत लगायतका आईसिएफ तेक्वान्दो महासंघ कञ्चनपुरका खेलाडीको उपस्थितिमा कार्यक्तम भएको थियो । आईसिएफ तेक्वान्दो महासंघ कञ्चनपुरको अध्यक्षमा चयन भएका तिलक सिह ठगुन्नाको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै खेलाडीकोे बृद्धि विकासमा टेवा पु¥याउने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार