सरकारले किसानलाई मल उपब्ध गराउन नसकेपछि वाईसियल एक्सनमा

कञ्चनपुर : सरकारले किसानलाई समयमै मलखाद उपलब्ध नगराएपछि प्रमुख विपक्षी दल नेकपा माअोवादी केन्द्र निकट युवा संगठन एक्सनमा उत्रिएको छ । योङ्ग कम्युनिष्ट लिग(वाईसियल नेपाल)ले किसानलाई समयमै मलखाद उपलब्ध नगराएपछि प्रमुख विपक्षी दल नेकपा माअोवादी केन्द्र निकट युवा संगठन एक्सनमा उत्रिएको हो ।

आइतबार वाईसियल कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको वाईसियलले जनाएको छ । वाईसियल कञ्चनपुरका इन्चार्ज तिलक जप्रेलले किसान मलखाद नपाएपछि हैरानदेदिख खेत बाँझो राख्नुपर्ने बाध्यता सृजना भएकाले सरकारले उपलब्ध गराउने रसायनिक मल आपुर्तिका लागि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको बताए ।

वाईसियल इन्चार्ज जप्रेलले सरकारले आम किसानलाई समयमै मलखाद नदिने, तर मलमा सहकारीहरुले कालोबजारी गर्ने प्रवृतिले कार्बाहीको माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वाईसियल नेपालले किसानका लागि अघि सारेका मागप्रति प्रशासन गम्भिर भएको बताए ।

ताजा समाचार