एमाले निकट निजामती कर्मचारीले भने, ‘तीनै तहमा कर्मचारीमैत्री ऐन आवश्यक छ’

रमेश प्रशाद भट्ट/कञ्चनपुर : नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले बेदकोट नगरपालिकामा संघीय, प्रदेश र स्थानीय सरकारले ल्याउने निजामती ऐन कानुन विषयमा छलफल गरेको छ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले शनिबार तीनै तहका सरकारले ल्याउने निजमती ऐन बारे छलफल समिक्षा गर्दै संघ र प्रदेश सरकारले ल्याएको कानुन सशोधनदेखि तीनै तहमा कर्मचारीमैत्री ऐन आवश्यक रहेको औल्याएका छन ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला अध्यक्ष मान बहादुर चन्दले शहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रमलाई लक्षित गरेर कर्मचारीमैत्री निजामती सेवा ऐन विषयक अन्तरकृया गरेको बताए । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका निजामती कर्मचारी संगठन जिल्ला अध्यक्ष मान बहादुर चन्दले अहिले सुप प्रदेश सरकारले देखिएको विद्यमान समस्या हटाउन पहल गरिने बताए । उनले कञ्चनपुरमा करारको विषयमा देखिएको समस्या समाधान गर्ने र ढुक्क भएर करार, ज्यालादारी कर्मचारीलाई काम गर्न वातावरण बनाउनुपर्नेमा जोडदिए ।

कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष महादेव जोशीले प्रदेश सरकारले निजामती कर्मचारीका लागि ल्याएको ऐनमा छुटेका विषय सशोधनका लागि मुख्यमन्त्री सहितका सरोकारवालाको ध्यानाकर्षण गराएको बताए । प्रदेश अध्यक्ष जोशीले छुटेका विषय सम्बोधन गर्दै कर्मचारीको हकहितका लागि संगठनले संघर्ष गर्ने समेत चेतावनी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य प्रताप चन्दले तीनै तहमा कर्मचारीमैत्री ऐनका लागि संगठनले पहल गर्ने बताए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन पालिका, जिल्ला, प्रदेश, केन्द्रीय सदस्य एव पदाधिकारीको सहभागिता रहेको थियो ।

ताजा समाचार