डडुवा भवानी शङ्कर मा.वि.मा ३ दिने बृहत् स्काउट कार्यक्रम सञ्चालन

भूपी सरोवर / डडुवा: नेपाल स्काउट बागमती प्रदेश स्काउट अन्तर्गत कागेश्वरी मनोहरा स्काउटको संयोजनमा ७ वटा विद्यालयको सहभागीता सहित डडुवा भवानी शङ्कर मा.वि. चौसागढी -१४ डडुवामा कार्यक्रम सञ्चालन भएको छ। असार ३२ गतेदेखि कार्यक्रमका लागि आवश्यक पूर्वाधार निर्माणसहित सुरु भएको स्काउटको कार्यक्रम साउन १ गते देखि स्काउटर विद्यार्थीहरूको सहभागिता र दैनिक कार्यतालिका सहित सञ्चालनमा आएको छ। तीन दिनसम्म चल्ने कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँमा अवस्थित विद्यालयहरू गान्धी आदर्श मा.वि., आनन्द भैरव मा.वि., नेपाल राष्ट्र निर्माण मा.वि., श्रीयन्त्र एजुकेशन फाउन्डेसन, प्रारम्भ एकेडेमी , हाइएली क्रेटिभ र डडुवा भवानी शङ्कर मा.वि. सिन्धुपाल्चोक गरि ७ वटा विद्यालय सहभागी हुँदा ७ वटै विद्यालयका करिब १५० जना स्काउटर विद्यार्थीहरू सहभागी रहेका छन्।

कागेश्वरी मनोहरा ओपन स्काउट रोबट लिडर इन्जिनियर विवेक थापा को सभापतित्व र प्र.अ. बद्रीप्रसाद नेपाल, वडाअध्यक्ष उद्धव नेपाल, नवजाँगरण युवा क्लवका अध्यक्ष सुजन बस्नेत,क्लवका पूर्व अध्यक्ष सहदेव बस्नेत,विव्यस अध्यक्ष जीवनकृष्ण नेपाल,शिअसं अध्यक्ष दीपक श्रेष्ठ आतिथ्यमा झण्डा उद्घाटनसँगै सुरु भएको कार्यक्रममा विद्यालयका प्र.अ. बद्री प्रसाद नेपालले स्वागत मन्तव्य र रोबट लिडर ई.थापाले तीन दिनकै कार्यक्रमहरूको कार्यतालिका सँग नियमहरू राख्दै उद्घाटन कार्यक्रम समापन गर्नुभएको थियो। तीन दिनसम्म हुने कार्यक्रम कार्यतालिकामा मुख्य मुख्य कार्यहरूमध्ये पहिलो दिन- कार्यक्रम समुद्घाटनसँगै ७ वटा विद्यालयका स्काउटर विद्यार्थीहरूलाई १४ भन्दा बढी समूहमा विभाजनगरि ६ वटा विभिन्न सेशनहरू, प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण र प्रयोगात्मक, ड्रिल,कवाज र झण्डा सम्बन्धि प्रशिक्षण र प्रयोगात्मक,सेल्फ मेजरमेन्ट सम्बन्धि तालिम प्रशिक्षण र प्रयोगात्मक ।

दोस्रो दिन – आउट डोर अन्तर्गत हाइकिङ, साहसिक क्रियाकलाप, क्याम फायर र अन्तर्निहित प्रतिभा प्रस्फुटन । तेस्रो दिन – रिफ्रेसमेन्ट,फ्ल्याग कलोजिङ, बेष्ट स्काउटर पुरस्कृत र कार्यक्रम समीक्षासँगै कार्यक्रम समापन हुनेछ। कार्यक्रमको संयोजन कागेश्वरी मनोहरा स्काउटले गरेकोछ भने सहजीकरण डडुवा भवानी शङ्कर मा.वि. र चौसागढी-१४ मा रहेको नवजागरण युवा क्लवले गरेको छ। कार्यक्रमको संयोजकको भूमिकामा रोशन श्रेष्ठ, सहजकर्तामा शैलेन्द्र पण्डितले गरेका छन्। कार्यक्रमको सहयोगीको रूपमा कागेश्वरी ओपन स्काउट क्रिउ रहेको छ। स्काउटले आफ्नो मुख्य उद्देश्य नेतृत्वसिप विकास र असल व्यक्तित्वको निर्माणसँगै मुख्य पाँचवटा कुराहरू- १) शारीरिक, मानसिक ,सामाजिक विकास २) बौद्धिक विकास ३) आध्यात्मिक विकास ४) भावनात्मक विकास ५) धार्मिक विकास जस्ता कुराहरू रहेका छन्। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सहजीकरणका लागि ३१ जना स्काउट मास्टर / रोबर/ रेञ्जर, स्वास्थ्यकर्मी २ जना, नवजाँगरण क्लवका ७ जना युवा , १४नं. वडा अध्यक्ष उद्धव नेपाल, विद्यालय परिवार, वि.व्य.स., शिअसं र अभिभावक गरि करिब ५० जना रहेका छन्। कार्यक्रम समापन साउन ३ गते हुनेछ।

ताजा समाचार